बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशका प्रस्तावित मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखसँग भेट

शुक्रबार, ०३ वैशाख २०७८, ०९ : ४६
शुक्रबार, ०३ वैशाख २०७८

काठमाडौं । गण्डकी प्रदेश काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले शुक्रबार बिहान प्रदेश प्रमुख अमिक शेरचनसँग भेट गरेका छन् ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भोलिपल्टै प्रस्तावित मुख्यमन्त्री नेपालीले प्रदेश प्रमुखसँग भेट गरेका हुन् ।

स्रोतका अनुसार प्रदेशसभाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।

बिहीबार काँग्रेससहितका विपक्षी तीन दलले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए । बुधबार मुख्यमन्त्री गुरुङले प्रदेशसभा अधिवेशन अन्त्यका लागि गरेको सिफारिसलाई प्रदेश प्रमुख शेरचनले स्वीकृत गरेका थिए ।
 

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप