काठमाडौं र ललितपुरका नेपाल पक्षीय पदाधिकारीको शपथ ग्रहण आज
नेकपा एमाले माधव नेपाल – झलनाथ खनाल समूहको काठमाडौं र ललितपुर जिल्ला कमिटीका पदाधिकारीहरूको शपथ ग्रहण हुँदैछ । बल्खुस्थित सिद्धि गणेश पार्टी भेन्युमा काठमाडौं जिल्ला कमिटी पदाधिकारीको सपथ ग्रहण कार्यक्रम रहेको बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले रातोपाटीलाई जानकारी दिइन् ।
उनका अनुसार शुक्रबार बिहान ११ बजेदेखि शपथ कार्यक्रम सुरु हुने छ । यस्तै ललितपुर जिल्ला कमिटीका पदाधिकारीको शपथ ग्रहण पनि आजै राखिएको उनले बताइन् ।
शाक्यका अनुसार ललितपुरको महालक्ष्मीमा दिउँसो शपथ ग्रहण कार्यक्रमसँग बैठक पनि हुने छ । दुबै जिल्ला कमिटीका पदाधिकारीलाई प्रदेश इन्चार्ज शाक्यले शपथ गराउने छिन् । एमालेमा यतिबेला समानान्तर अभ्यास अगाडि बढेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी लिएको निर्णयलाई अस्वीकार गर्दै नेपाल–खनाल पक्षले केन्द्रीय नेतृत्वबाहेक सबै तहमा समानान्तर कमिटी विस्तार गरेको छ । नेपाल पक्षले ६० बढी जिल्लामा समानान्तर कमिटी बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने