बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित

शुक्रबार, ०३ वैशाख २०७८, ०६ : १९
शुक्रबार, ०३ वैशाख २०७८

सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित गरेको छ ।  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचनामार्फत यी वस्तुको कोटा विरतण स्थगित गरिएको जनाएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिमाणात्मक बन्देजसहित यस्ता वस्तुको आयात खुलाउने सूचना गत चैत ९ गते राजपत्रमा निकालेको थियो । कोटा वितरणमा भेदभाव र आर्थिक चलखेल भएको आरोप लागेपछि कोटा वितरण विवादित बन्दै आएको थियो ।

कोटा वितरण स्थगनका बारेमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेललाई सोध्न खोज्दा उनको फोन उठेन । विभागका प्रवक्ता शिवराज सेढाईंले यसबारे आफूलाई जानकारी नभएको बताए ।

सीमित कोटामा माग बढी भएकाले दबाब थेग्न नसकेर स्थगित गर्नुपरेको विभाग सम्बद्ध स्रोतले बतायो । स्रोतका अनुसार सम्बद्ध मन्त्रालय र व्यापारीको दुईतर्फी दबाबका कारण विभागले कोटा वितरण स्थगित गरेको हो ।

आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप