एकाएक किन चल्यो भयानक हावाहुरी ? यस्तो छ मौसमविद्को भनाइ
राजधानीमा बिहीबार राति एकाएक भयानक हावाहुरी चल्यो । एकाएक हावाहुरी चलेपछि जनजीवन प्रभावित हुनुका साथै विद्युत सेवा समेत अवरुद्ध बन्यो भने हावाहुरी चल्ने क्रम अझै रोकिएको छैन ।
आखिर यसरी एकाएक किन हावाहुरी चल्यो ? यो प्रश्न रातोपाटीले जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरलाई सोध्दा उनले देशको दक्षिण पश्चिमबाट वर्षा गराउने बादल विकसित भएको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रममा यसरी हावाहुरी चलेको बताइन् ।
उनले काठमाडौंसहित सबै प्रदेशमा हावाहुरी चलेको हुन सक्ने बताउँदै यो क्रम झण्डै दुई घण्टा चल्ने अनुमान गरिएको बताइन् । जहाँ-जहाँ बादल बनेको छ त्यहाँ हुरी चलेको छ भन्दै उनले प्रदेश १, बागमती, गण्डकी सुदूरपश्चिम, कर्णाली लगायतको पश्चिम क्षेत्रमा बादल रहेको बताइन् ।
यस्तै तराईतिर हावाहुरी चलेको उनले बताइन् । 'उत्तर पूर्वतिर सर्ने क्रममा रहेको छ,' उनले भनिन्, 'हुरीले देश पार गरेपछि मात्रै कम हुन्छ । एक दुई घण्टा हुन्छ । वर्षा चाहिँ हल्का हुन्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल