माओवादी केन्द्रद्वारा ओली समूहमा लागेका सांसद बोहरालाई निलम्बन गर्न सिफारिस
कैलाली । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले केपी ओली पक्षमा प्रवेश गरेका झपटबहादुर बोहोरालाई कारबाहीका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरेको छ ।
बिहीबार अपरान्ह ४ बजे प्रदेश सचिवालयमा माओवादी केन्द्रको संसदीय दलले उक्त पत्र दर्ता गरेको हो । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार सचिवालयमा बोहोरालाई कारबाहीका लागि पत्र दर्ता गराएको जानकारी दिए ।
केन्द्रीय कमिटीले यही चैत्र ३१ गते बोहोरालाई कारबाहीका लागि निर्णय गरेको उनले बताए । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को धारा ३४ अनुसार सांसद पदबाट निष्कासन गरिएको सुचना प्रदेश सचिवालयमा जानकारी गराएको उनले बताए । दर्ता गराएको पत्र सभामुखले संसद चलेको भए सभामा जानकारी गराउने प्रावधान छ । यदि संसद नचलेको अवस्थामा भने सभामुखले १५ दिनभित्र बोहोराको संसद पद नरहेको भनि सुचना टाँस गर्न पनि सक्ने रावलको भनाई छ ।
बोहोरा अछाम निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । बोहोरा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटीले यहि चैत्र २५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
बोहोराबाट कुनै जवाफ नआएपछि राजनीतिक दल सम्बन्धी को एन अनुसार कार्बाही का लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो । एमाले प्रबेश गरेपछि बोहोराले पुस २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी सुदूरपश्चिम प्रदेशका अर्थ मन्त्री थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन