माओवादी केन्द्रद्वारा ओली समूहमा लागेका सांसद बोहरालाई निलम्बन गर्न सिफारिस
कैलाली । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले केपी ओली पक्षमा प्रवेश गरेका झपटबहादुर बोहोरालाई कारबाहीका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरेको छ ।
बिहीबार अपरान्ह ४ बजे प्रदेश सचिवालयमा माओवादी केन्द्रको संसदीय दलले उक्त पत्र दर्ता गरेको हो । माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार सचिवालयमा बोहोरालाई कारबाहीका लागि पत्र दर्ता गराएको जानकारी दिए ।
केन्द्रीय कमिटीले यही चैत्र ३१ गते बोहोरालाई कारबाहीका लागि निर्णय गरेको उनले बताए । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को धारा ३४ अनुसार सांसद पदबाट निष्कासन गरिएको सुचना प्रदेश सचिवालयमा जानकारी गराएको उनले बताए । दर्ता गराएको पत्र सभामुखले संसद चलेको भए सभामा जानकारी गराउने प्रावधान छ । यदि संसद नचलेको अवस्थामा भने सभामुखले १५ दिनभित्र बोहोराको संसद पद नरहेको भनि सुचना टाँस गर्न पनि सक्ने रावलको भनाई छ ।
बोहोरा अछाम निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । बोहोरा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटीले यहि चैत्र २५ गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
बोहोराबाट कुनै जवाफ नआएपछि राजनीतिक दल सम्बन्धी को एन अनुसार कार्बाही का लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो । एमाले प्रबेश गरेपछि बोहोराले पुस २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । उनी सुदूरपश्चिम प्रदेशका अर्थ मन्त्री थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण