मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क बिना प्रवेश निषेध

बिहीबार, ०२ वैशाख २०७८, २० : २५
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्क बिना जान निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र  अन्य सरोकारवाला निकायको बैठकले बिहिबार सो निर्णय गरेको हो ।

मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।

विमानस्थल उच्च जोखिममा भएको हुनाले पुर्व सतर्कता अपनाउनका लागि भीड नगर्न आग्रह गरिएको छ । आफन्तलाई विदाई गर्न जाँदा र लिन जाँदा मुख्य गेटबाटै फ​र्कन विमानस्थल प्रशासनले आग्रह गरेको छ ।

‘स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेका छौं, ’ एसएसपी बास्तोलाले भने, ‘प्रस्थान गर्ने व्यक्तिलाई पिसिआर रिपोर्ट अनिवार्य गरेका छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप