शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश २ सरकारले गठन गर्‍यो सहिद प्रतिष्ठान

बिहीबार, ०२ वैशाख २०७८, २० : ०१
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौँ । प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान गठन गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपांग भएकाहरुको लागि समाजिक सुरक्षाको प्रबन्ध तथा व्यवस्थापन गर्न  प्रतिष्ठानको गठन गरेको प्रदेश २ सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले बताए ।

२०६३ सालदेखि तराई मधेश तथा थरूहटमा पटक पटक भएको आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सहिदको परिवार, घाइते भई अपाङ्ग भएकाहरुको समाजिक सुरक्षाको व्यवस्थापनलगायत अन्य सरोकारका काम गर्न प्रतिष्ठान गठन गरिएको उनले बताए ।

सो प्रतिष्ठानले सहिद परिवार, घाइते तथा अपाङ्ग भएकाहरुको लागि स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह भत्ता, आर्थिक उन्नति आदि सम्बन्धी कार्ययोजना तयार गरी कार्यान्वयन गराउने, सहिद पार्क निर्माणको लागि स्थानको छनौट लगायत पीडितहरु लक्षित रोजगारमूलक तथा सीपमुलक कार्यक्रमहरु संचालन गर्ने बताइएको छ ।

सहिद प्रतिष्ठान गठनका लागि सहिद परिवार​हरुले आवाज उठाउँदै आएका थिए । त्यसका लागि केही दिन पहिले सहिद परिवारका सदस्यहरुले प्रदेश २ मुख्यमन्त्री लालबाबु राउतलाई ध्यानाकर्षण गराइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप