एमाले सांसद रावल बस्ने घरमा ढुंगा हान्ने पक्राउ
बिहीबार, ०२ वैशाख २०७८, १९ : ४४
काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शान्तिनगरस्थित नेकपा एमालेका सांसद झपटबहादुर रावल बस्दै आएको घरमा ढुंगा हान्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले रामेछापको गोकुलगंगा गाउँपालिका–१ घर भएका मनोज तामाङ र पाँचथर घर भएका नसिम लिम्बुलाई पक्राउ गरेको हो ।
मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद हुँदा बुधवार राती दुई युवाले ढुंगा हानेका थिए । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
विहीबार राज्य व्यवस्था समितिको बैठकमा रावलले आफ्नो घरमा ढुंगामुढा हुँदा प्रहरीले वेवास्ता गरेको आरोप लगाए । गएराती पौने १२ बजेमा पार्किङको विषयमा विवाद भएको थियो । बाटोमा पार्किङ गरेको मोटरसाइकलको हावा खुस्काएपछि आक्रोशित समूहले हुलदंगा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर