ओपो ए५४ नेपाली बजारमा, के के छन् विशेषताहरु ?

काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ स्मार्ट फोन ओपो ए५४ सार्वजनिक गरेको छ ।
ओपो ए५४, ५००० एमएएच क्षमताको ब्याट्री र फास्ट चार्जिङ सुविधा सहित बजारमा आएको हो । यो फोनमा रहेको ओक्टा–कोर प्रोसेसरले यसको क्षमतालाई अझ बढाएको छ । ६.५१ इन्च पन्च (होल डिस्प्ले सहितको यो फोनमा पर्याप्त मेमोरी क्षमताका लागि १२८ जीबी रोमको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ए सिरिजको डिजाइन प्रयोगकर्ताले प्रविधिलाई अझ रमाईलो रुपमा स्विकार्न सकुन् भनेर गरिएको बताए । उनले यसमा रहेको ५००० एमएएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्जले प्रयोगकर्तालाई दिनभरी ब्याट्रीको कुनै चिन्ता नहुने बताए ।
४जीबी र्याम र १२८ जीबी रोम सहितको ए५४मा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार माइक्रो एसडी कार्डको प्रयोग मार्फत सञ्चय क्षमतालाई अतिरिक्त २५६जीबी सम्म बढाउन सक्छन् ।
मिडिया टेक हेलियो पी३५ (एमटी ६७६५) ओक्टा(कोर प्रोसेसर जडित ए५४मा हाईपर बुस्ट, डुअल च्यानल एक्सिलिरेशन सपोर्टका साथै तुलनात्मक रुपमा ठूलो अवाज फाल्ने क्षमता सहितको स्पिकरको सुविधा छ । फोनको तापक्रम नियन्त्रण गर्दै यसलाई चिसो राख्न सघाउन ए५४मा ५ टेम्परेचर सेन्सर्स र ठूलो ग्राफाइट शिट सहितको अप्टिमल हिट डिस्सिपेशन प्रविधिको प्रयोग भएको कम्पनीले जनाएको छ ।
ए५४को डिजाइन तथा उपयोगिताको प्रमाणका रुपमा यसको सुन्दर बनोट भएको कम्पनीले बताएको छ ।
ओपो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्लु गरी दुई आकर्षक रंगमा उपलब्ध छ । ४जीबी र्याम र १२८जीबी रोमको मूल्य २५ हजार ९ सय ९० निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गकर्मीको धारणा : फिल्मका लागि रङ्गमञ्च जरुरी छ
-
चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव गोसाईकुण्डमा हुने
-
भन्सार छलीका सामान बरामद गर्न धनुषामा प्रहरीले चलायो गोली
-
अमेरिकी धम्की अर्थहीनः इरानी सर्वोच्च नेता खामेनी
-
खाद्य पदार्थमा फ्याट परीक्षण हुने, पालना नगरे कारबाही गर्ने विभागको चेतावनी
-
हिमनदी क्षेत्रको ‘तेस्रो ध्रुव’मा जलवायु परिवर्तनको असर