शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कस्टमाइज्ड थ्री डी प्रिन्टिङ प्रविधिले अब बन्नेछन् मानव अंग

बिहीबार, ०२ वैशाख २०७८, १६ : ०४
बिहीबार, ०२ वैशाख २०७८

वैज्ञानिकका अनुसार जनावरमा गरिएको परिक्षण पछि सन् २०२५ सम्म मानव जीवनका लागि अत्यावश्यक ७८ वटा मानव अंगको कस्टमाइज्ड थ्री डी प्रिन्ट बजारमा उपलब्ध हुनेछन्  । केही  जटिल अंगको थ्री डी प्रिन्टिङ भने अझै पनि चुनौती नै रहेको छ ।

बनावट, काम गर्ने प्राकृतिक तरिका तथा मानव शरीरसँग संयोजन गर्न सक्ने थ्री​ डी प्रिन्टिङ बनाउने सफलता अझै पनि प्राप्त भएको छैन । मुटु, मृगौला, मस्तिष्क तथा अन्य जटिल अंगहरुको थ्री डी प्रिन्टिङ अहिले पनि बनाउन सकिएको छैन ।

एडिटिभ म्यानुफ्याकचरिङसमेत भनिने यो थ्री डी प्रिन्टिङको पहिलो कोसिस सन् १९८० को दशकमा भएको थियो । प्रारम्भमा यसका प्रोटोटाइप औद्योगिक प्रयोगका लागि हुने गर्दथ्यो ।

तर, सन् २०१० तथा २०२० मा यसको मूल्यमा नाटकीय रुपमा कमी आयो जसका कारण यसको प्रयोग उद्योगमा मात्र नभएर मानव जीवनका लागिसमेत भयो ।

थ्री डी प्रिन्टिङले सम्भवतः स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सबैभन्दा धेरै सफलता पाएको छ । कस्टमाइज्ड थ्री डी प्रिन्टिङ प्रविधिले बनेका शारीरिक अंगले मानिसको जीवन जोगाएको छ । यस अन्तर्गत बन्ने मानव अंगमा  दाह्रा, बंगाराको हड्डी, सास फेर्नका लागि बायोएब्जरबेबल स्प्लिन्ट्स, दाँत प्रत्यारोपण तथा एक्सोस्केलेटन तथा खोपडीका केही भाग सामेल छन् ।

यसमा अझै धेरै प्रगति भइरहेको छ । अब थ्री डी प्रिन्टिङ पोलिमर वा धातुमा मात्र सीमित नरहेर जीवित जैविक प्रणालीका लागि कास्टमाइज्ड गरिँदैछ । कोशिकाको पत्र पनि सही ठाउँमा लगाउन सकिने भएको छ जसका लागि माइक्रोमिटर तराजूको सटिक शुद्धता आवश्यक पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप