शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रीहरु भ्रष्टाचारमा लिप्त भए : बानियाँ

बिहीबार, ०२ वैशाख २०७८, १५ : ४३
बिहीबार, ०२ वैशाख २०७८

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । बिहीबार प्रदेशसभा बैठकमा उनले कोरोना महामारीले थलिएको देशका जनताले सरकारको आभाससमेत गर्न नपाएको गुनासो गरे । यस्तो महामारीको समयमा पनि सरकार आफ्ना मन्त्री र कार्यकर्ता पोस्नमा व्यस्त रहेको उनले बताए ।

उनले सरकार र सरकारका मन्त्रीहरु विभिन्न आयोजना र विकासको नाममा भ्रष्टाचारमा लिप्त भएकोले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उनको भनाइ थियो । देशमा कोरोनाको दोस्रो लहर सुरु हुँदासमेत प्रदेश सरकार जनताको स्वास्थ्यप्रति उत्तरदायी नदेखिएको उनले बताए । देशमा प्राकृतिक प्रकोपको घटनाका पीडितले सरकारको खोजी गरिरहेको बेलामा प्रदेशका जनताले सरकार भएको महसुससमेत गर्न नपाएको उनले बताए ।

प्रदेश सरकार आफ्ना कार्यकर्ता पोस्न कै लागि सरकारी स्वामित्वको निर्माण कम्पनी स्थापनामा लागेको उनको आरोप छ । निजी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न नसकेका सरकारी स्वामित्वका उद्योगको व्यवस्थापनमा लाग्नुको सट्टा सरकारले निर्माण कम्पनी खोलेर भ्रष्टाचारलाई प्रश्रय दिन खोजेको उनले बताए ।

सिन्धुपाल्चोकका बाढी पीडित जनताहरु आवासको अपेक्षामा प्रदेश सरकारको मुख ताकेर बसेको जनता नदेख्ने वर्तमान सरकारले विकासको नाममा कार्यकर्ता पाल्नेमात्र काम गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप