शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करिनादेखि आमिरसम्मः यी सेलिब्रिटीले शाही परिवारमा गरे विवाह

बिहीबार, ०२ वैशाख २०७८, १५ : ०७
बिहीबार, ०२ वैशाख २०७८

बलिउड सेलिब्रिटी होउन् वा हलिउड, दर्शकलाई उनीहरुको नीजि र व्यावसायिक जीवनबारे निकै रुची हुन्छ । मानिसहरु उनीहरुको जीवनमा के चलिरहेको छ भनेर जान्न उत्सुक हुन्छन् । विशेषगरी सेलिब्रिटीको प्रेम जीवन र उनीहरुको विवाह । बलिउड–हलिउड दुबै क्षेत्रमा नायक तथा नायिकाले शाही परिवारमा विवाह गरेका छन् । आउनुहोस्, ती कलाकारबारे कुरा गरौं जसले आफ्नो सम्बन्ध राजघरानामा जोडे, जसमा करिना कपुर खान, आमिर खान र कुणाल खेमूका साथै अन्य पनि ।

आमिर खान र किरण रावः

आमिर खानकी श्रीमती किरण रावको शाही घरानासँग सम्बन्ध छ । उनी फिल्ममा त कहिल्यै देखिइनन् तर उनले थुप्रै फिल्मको निर्देशन गरेकी छिन् । किरणका हजुरबुवा जे. रामेश्वर राव तेलंगानाको महबुबनगरका महाराजा थिए, उनीपछि किरणका पिताले यो विरासत सम्हाले । किरण राव र आमिर खानको विवाह सन् २००५ मा भएको थियो । उनीहरुका एक छोरा आजाद राव खान छन् ।

कपुर खान–सैफ अली खानः

करिना कपुर खान बलिउडकी चर्चित अभिनेत्री हुन् । उनी सोसल मिडियामा श्रीमान् सैफ अली खानसँगका तस्बिर सेयर गरिरहन्छिन् । यी दुईको जोडीलाई धेरै प्रशंसकले रुचाउँछन् पनि । अक्टोबर सन् २०१२ मा करिना कपुर खानले सैफ अली खानसँग विवाह गरिन् । पिता मंसूर अली खानको निधनपछि सैफ अली खानलाई पटौदीका नवाब बनाइयो । सन् २०१६ मा नायिकाले जेठो छोरा जन्माइन् र कान्छोलाई २१ फेब्रुअरी २०२१ मा स्वागत गरिन् ।

अली खान–कुणाल खेमूः

सोहा अली खान पटौदीका नवाब सैफ अली खानकी बहिनी हुन् । उनी सोसल मिडियामा श्रीमान् कुणाल खेमू र छोरी इनायाको फोटो सेयर गरिरहन्छिन् । कुणाल र सोहाको लभ लाइफको कुरा गर्नुपर्दा उनीहरुको भेट एक फिल्मको सुटिङका बेला भएको थियो । यी दुई सन् २०१९ मा विवाह बन्धनमा बाँधिए । सन् २०१७ मा यो जोडीले छोरी इनायालाई स्वागत गरे ।

मर्कल–राजकुमार ह्यारीः

हलिउड नायिका मेघन मर्कलले सन् २०१८ को मे १९ तारिखमा धुमधामसँग विवाह गरिन् । त्यसपछि यी नायिकालाई डचेस अफ ससेक्सको टाइटल दिइएको थियो । स्मरण रहोस्, नायिकाले मा सिरिज ‘सूट्स’ बाट ठूलै लोकप्रियता हासिल गरिन् । यी दुईका एक छोरा छन् –आर्ची । मेघन हाल दोस्रोपटक गर्भवती छिन् ।

नायिका केली–प्रिन्स रायनियर थ्रीः

नायिका केली हलिउडकी चर्चित नायिकामध्ये एक थिइन् । उनले आफ्नो नाममा थुप्रै उपाधि हासिल गरिन् । उनले फिल्म ‘द कन्ट्री गर्ल (सन् १९५४), डायल एम फर मर्डर (सन् १९५४), रियर विन्डो (सन् १९५४) लगायतका उत्कृष्ट फिल्ममा काम गरिन् । नायिकाले अप्रिल सन् १९५६ मा मोनाकोका राजकुमार रायनियर थ्रीसँग विवाह गरिन् । उनीहरुको प्रेम कहानी आज पनि निकै लोकप्रिय भयो । नायिकाको निधन १४ सेप्टेम्बर सन् १९८२ मा भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप