हामीलाई लखेटेर ओलीले महन्थ ठाकुरसँग गठबन्धन गरेर सत्ता टिकाउन खोजेः घनश्याम भुसाल
बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीका कारण २०७७ साल असफल भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल (माधव पक्ष) ले बिहीबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता भुसालले ओलीको कुर्सी मोह र अहंकारका कारण वाम गठवन्धनको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र पार्टीपनि विभाजनतिर धकेलिएको बताए ।
नयाँ वर्ष २०७८ मा ओलीले गरेको गल्तीको क्षतिपूर्ति दिने गरी आफूहरु लागिपरेको भुसालले बताए । पार्टीका नेताहरुलाई लखेट्दै महन्थ ठाकुरहरुसँग गठबन्धन गरेर सरकारमा टिक्ने प्रयास ओलीले गरिरहेको भुसालले बताए ।
भुसालले आउँदो चुनावसम्म पार्टीभित्र अन्तरसंघर्ष गर्दै जाने बताएका छन् । चुनावमा टिकट वितरणका बेला महाभारतमा पाण्डवले कौरवसँग खुट्टाले टेक्ने ठाउँ मागेजस्तै माग्ने र नदिए आम कार्यकर्ताको निर्णयअनुसार अघि बढ्ने बताए ।
ओलीकै कारण एउटै कमिटीमा रहेर अन्तर संघर्ष गर्ने अवस्था नभएकाले पार्टीभित्रै अन्तर संघर्ष गर्दै जाने बताए । आफूले समानान्तर नभई २०७५ जेठ २ अघिकै एमालेलाई पुनर्गठन गर्दै अघि बढेको बताए । ‘हालसम्म ७० जिल्लामा कमिटी गठन भइसके, बाँकी जिल्ला र पालिकास्तरमा पनि छिटै गठन गर्छौं’, भुसालले भने, ‘चुनावअघि नै एमाले एकता गर्ने आफूहरुको प्रयास हुने र त्यो सम्भव नभए कार्यकर्ताले जे भन्छन् त्यही मान्छौँ ।’
संसदको अंक गणितले वाम गठवन्धनको सरकार बन्ने सम्भावना अझै रहेपनि ओलीकै कारण त्यो सम्भावना टाढा धकेलिएको भुसालले बताए ।
सर्वोच्चको फैसलापछि फागुन २८ गते ओली पक्षले गरेको एकलौटी निर्णयले नै पार्टी विभाजनको रेखा कोरेको भुसालले औंल्याए । अध्यक्ष ओलीको आफू कुर्सीमा रहिरहने तृष्णाले पहिले नेकपा र अहिले एमाले कमजोर बन्दै गएको भुसालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण