डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल पहिलो मुलुक : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल ल्याण्ड म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल नै पहिलो मुलुक हुनसक्ने बताएका छन् । बिहिबार अनलाईन ल्याण्ड म्यानेजमेन्ट सिस्टमका दुई वटा सफ्टवेयर ‘ल्याण्ड इन्फरमेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ को औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘डिजिटल स्वाइल म्यानेजमेन्ट सिस्टमको शुरुवात गर्ने नेपाल विश्वकै पहिलो मुलुक हो । यस्तो सिस्टम अरु कसैले पनि शुरुवात गरेका छैनन् । यसमा थप अहिले ल्याण्ड म्यानेजमेन्टमा समेत हामीले डिजिटल सिस्टमको विकास गरेका छौं । यो पनि पहिलो हुनसक्छ’ प्रधानमन्त्री ओलीले भने ।
त्यसो त यो सरकारले एक वर्षमा विकास निर्माणसँगै डिजिटल नेपालको क्षेत्रमा समेत तीव्र विकास गरेको प्रधानमन्त्री ओलीले बताए । ‘एक वर्षमा सगरमाथाको उचाइ नापिएको छ । यहीँ एक वर्षमा डिजिटल स्वाइल म्यापिङ्ग सिस्टमको शुरुवात भएको छ । सोही एक वर्षमा डिजिटल ल्याण्ड म्यापिङ्ग सिस्टमको समेत विकास भएको छ भने, यो सरकारले गरेका उपलब्धीका कामहरु यी सूचकहरु हेरे पुग्दैन र ?’ प्रधानमन्त्रीले भने, ‘यो सरकार मुलुकको तीव्र विकाससँगै प्रविधिको प्रयोगमा समेत निकै अघि बढिसकेको छ ।’
सो अवसरमा प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै अब सबै उत्पादनमा केन्द्रीत हुनुपर्ने बताए । यी सबै विकाससँगै प्रविधिसँग समेत नेपाल धेरै अघि बढिसकेको देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा