एनआईबीएल एस क्यापिटलद्वारा सामूहिक लगानी कोष सम्बन्धी सचेतना कार्यक्रम संचालन
बिहीबार, ०२ वैशाख २०७८, १३ : ४७
काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडद्वारा नेपालमा के.एफ.सी., पिज्जा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तर्राष्ट्रिय फुड चेन सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनलका शाखा कर्मचारीहरुलाई सामुहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामूलक तालिम संचालन गरेको छ ।
सामुहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयन पश्चात नेपालकै पहिलो खुला मुखी योजना तथा अन्य दुई बन्द मुखी योजना संचालन गरिरहेको यस क्यापिटलद्वारा सञ्चालित सो विशेष कार्यक्रम मार्फत उक्त कम्पनीका कर्मचारीहरुले सामुहिक लगानी कोष सम्बन्धि विस्तृत जानकारी पाउनुका साथै पुँजी बजारसँग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् ।