शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ल्यान्ड इन्फर्मेसन सिस्टम तथा मेरो कित्ता डिजिटल सफ्टवेयरको औपचारिक उद्घाटन

बिहीबार, ०२ वैशाख २०७८, १३ : १८
बिहीबार, ०२ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जग्गा प्रशासन सम्बन्धी डिजिटल प्रविधि बिहिबार ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ तथा  ‘मेरो कित्ता’ अनलाइन एप्स औपचारिक शुभारम्भ भएको छ ।

बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा नापी विभागको आयोजनमा भूमी प्रशासन सुशासन सम्बन्धी डिजिटल सफ्टवेयर प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गरेका हुन् । 

उक्त सफ्टवेयर सन्चालनमा आएसँगै भूमी व्यवस्था तथा जग्गा सम्बन्धी सम्पूर्ण जानकारी, तथ्याङ्क एप्स मार्फत नै जानकारी पाउन सकिने र सेवाग्राहीले घरमै बसेर पनि आफ्नो जग्गाको कित्ताकाट गर्न सक्ने र त्यसको प्रिन्ट समेत गर्ने सकिने जनाइएको छ । 

यस्तो प्रणाली देशैभरका मालपोत कार्यालहरुमा उपलब्ध गराइने र सो तथ्याङ्क राष्ट्रिय सर्वरमा जोडि देशैभरका जग्गा सम्बन्धी तथ्याङ्क उपलब्ध गराइने सरकारले जनाएको छ ।
 
पहिलो पटक यो सेवा उपत्यकाका तीन स्थान कलंकी, डिल्लीबजार र भक्तपुर मालपोत कार्यालयमा सो सेवा उपलब्ध गराइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप