बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जापानका प्रधानमन्त्री सुगा अमेरिका भ्रमणमा, चीन मामिला मुख्य कार्यसूची

बिहीबार, ०२ वैशाख २०७८, १२ : ४७
बिहीबार, ०२ वैशाख २०७८

टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगा बिहीबार चार दिने संयुक्तराज्य अमेरिका भ्रमणका लागि प्रस्थान गरेका छन् । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग प्रत्यक्ष भेटवार्ता गर्ने सुगा पहिलो विदेशी सरकार प्रमुख हुन् । 
प्रधानमन्त्री सुगाले ट्रम्प कार्यकालमा धर्मराएको परम्परागत अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन तथा चीन मामिलामा साझा धारणा निर्माण गर्न मुख्य रुपमा बाइडेनसँग छलफल गर्नेछन् ।  अमेरिकी वरिष्ट दुई अधिकारीहरुले गत मार्च महिनामा जापानको भ्रमण गरेपछि प्रधानमन्त्री सुगाले अमेरिका भ्रमण गर्न लागेका हुन् । बाइडेनसँग सुगाको भेटवार्ता शुक्रबार हुनेछ ।

दुई देशबीचको कुटनीतिक गतिविधिको मुख्य विषयवस्तु प्रस्ट छः बेइजिङको सैनिक सुदृढीकरण र मानव अधिकारका मामिलामा अमेरिकी गठबन्धन एकताबद्ध रहेको सङ्केत गर्नु ।  जापानी विदेश नीति इन्स्टिच्युटका अध्यक्ष कुनिहिको मियाकेले प्रधानमन्त्री सुगाको भ्रमणलाई पूर्वी एसिया मामिलामा संयुक्तराज्य अमेरिकाले उच्च प्राथमिकता दिएको छ भन्ने सङ्केतका रुपमा जापानले बुझ्न चाहेको बताए ।

चीनले पूर्वी एसियामा सैनिक उपस्थिति सुदृढ गरिरहेको भन्दै जापानले विरोध गरिरहेको छ । बाइडेन र सुगाले जारी गर्ने संयुक्त वक्तव्यमा जापान अधीनस्थ द्वीपहरुलाई सुरक्षित तुल्याउन विगतको जापान–अमेरिका सुरक्षा सन्धिको थप प्रभावकारी कार्यान्वयनमा जोड दिने अपेक्षा गरिएको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप