शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रेमिकालाई  बलात्कार गरेको आरोपमा प्रेमी पक्राउ

बिहीबार, ०२ वैशाख २०७८, १२ : २९
बिहीबार, ०२ वैशाख २०७८

 प्रेमिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेमीलाई पक्राउ गरेको छ ।

बुधवार राति हेटौंडा उपमहानगरपालिका–६ पुतली बजारस्थित खोलाको बगरमा प्रेमिका बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा घर भएका विशाल पासवानलाई पक्राउ गरेको छ ।

 २१ वर्षीय विशाल कर्मचारी हुन् । उनी हेटौंडा स्थित एक सरकारी कार्यालयका अस्थायी कर्मचारी भएको बताइएको छ ।

गएराति साढे १० बजे ‘सामूहिक बलात्कार’ भएको सूचना पाएपछि घटनास्थलमा पुगेका मकवानपुरका एसपी सोमेन्द्रसिंह  राठौर नेतृत्वको टोलीले पासवानलाई पक्राउ गरेको हो । बलात्कृत प्रेमिका १८ वर्षभन्दा कम उमेरकी छिन् ।

वीरगञ्ज महानगरपालिका–२३ घर भई हेटौंडा बस्ने विशालबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (डिएसपी) जयश्वर रिमालले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप