स्टोक्स लगातार दोस्रो पटक विस्डेन वर्ष क्रिकेटर

इङ्ल्याण्डका अलराउन्डर बेन स्टोक्स लगातार दोस्रो वर्ष विस्डेनको वर्ष खेलाडी छनौट भएका छन् । सन् २००४ मा शुरु गरिएको यो अवार्ड दुई पटक जित्ने स्टोक्स इङ्ग्ल्याण्डका पहिलो खेलाडी हुन् । २९ वर्षीय खेलाडीले सन् २०२० मा अन्य कुनै ब्याट्सम्यानभन्दा धेरै रन बनाएका थिए । ७ खेलमा उनले ६४१ रन बनाए भने १९ विकेट पनि लिन सफल भए ।
सन् २०१९ मा उत्कृष्ट प्रदर्शन गरेका स्टोक्सले गत वर्ष पनि यो उपाधि जितेका थिए । उनको प्रेरणामा इंग्ल्याण्डले विश्वकपमाथि कब्जा जमाएको थियो । केन्टका अलराउन्डर ड्यारेन स्टिभन्स विस्डेनको वर्षका पाँच क्रिकेटरको सूचीमा पर्ने सन् १९३३ यताकै पाका खेलाडी हुन् । यो सूचीमा इङ्ल्याण्डका ज्याक क्रली र डोम सिब्ली, पाकिस्तानका मोहमद रिजवान र वेस्ट इन्डिजका कप्तान जेसन होल्डर रहेका छन् ।
कोरोना महामारीको चपेटामा परेको सन् २०२० मा स्टोक्सले ५८.२७ को औसतले टेस्टमा रन बनाएका थिए । यसमा दक्षिण अफ्रिकाविरुद्ध १२० रन र वेस्ट इन्डिजविरुद्ध १७६ रन सामेल छ । उनले १८.७३ को औसतले १९ विकेट लिए ।
अस्ट्रेलियाकी वेथ मुनी विस्डेनको महिला वर्ष खेलाडी चुनिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ