बाबरको कीर्तिमानी शतकमा पाकिस्तानको शानदार जीत
बाबर आजमले पहिलो टी–२० शतक बनाएपछि पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध ९ विकेटको शानदार जीत हासिल गरेको छ । कप्तान ५० बलमा शतक बनाएका बाबरले ११ चौका र ४ छक्का हिर्काएका थिए । अन्ततः उनी १२२ रनमा आउट भए । विकेटकिपर मोहमद रिजवानले ७३ रन बनाएपछि पाहुना टोलीले २ सय ४ रनको विशाल लक्ष्य १२ बल बाँकी छँदै पछ्यायो । जीतसँगै पाकिस्तानले चार खेलको शृङ्खलामा २–१ को अग्रता बनाएको छ ।
बुधबार मात्र एकदिवसीय क्रिकेटमा ब्याट्सम्यानहरूको वरीयताको शीर्ष स्थानमा विराट कोहलीको १ हजार २५८ दिनको अधिपत्य अन्त्य गरेका बाबरको ४८ औँ इनिङमा यो पहिलो टी–२० शतक हो । पाकिस्तानका लागि यो सर्वाधिक छिटो शतक पनि हो । यसअघि अहमद शेहजादले सन् २०१४ मा बंगलादेशविरुद्ध ५८ बलमा शतक बनाएका थिए ।
यसअघि, एडियन मार्क्राम र जानेमन मालानले क्रमशः ६२ र ५५ रन बनाएपछि दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । अन्तिम खेल शुक्रबार आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै