मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा थप १ जनाको मृत्यु

बुधबार, ०१ वैशाख २०७८, २२ : २४
बुधबार, ०१ वैशाख २०७८

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक पुरुषको मृत्यु भएको छ । लुम्बिनी अस्पतालको कोरोना विशेष अस्पतालमा ५ दिनअघि भर्ना भएका पर्वतका एक  पुरुषको बुधबार साँझ मृत्यु भएको हो ।

भारतबाट फर्केलगत्तै स्वास्थ्यमा खराबी आएका पर्वत पयुँ ५ का ३८ वर्षीय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए । उनलाई विगत १० दिनदेखि उच्च ज्वरो आएको थियो । ५ दिनअघि स्वाव परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

रुपन्देहीमा  आज नयाँ ४८ कोरोना संक्रमित थपिएका छन् । यसअघि सोमबार बुटवलको कोरोना अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप