ललितपुरमा ‘डबल म्युटेन्ट भेरियन्ट’ भेटियो, संक्रमित सम्पर्कविहीन
काठमाडौं—नेपालमा ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस पुष्टि भएको छ । नेपालले तीन हप्ताअघि हङकङमा १५ वटा नमुना परीक्षणका लागि पठाएको थियो । १५ वटा नमुना मध्ये एक जनामा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले बताए ।
ललितपुरका एक व्यक्तिमा भारतमा देखिएको जस्तै डबल म्युटेन्ट भेरियन्ट पुष्टि भएको उनकाे भनाइ छ । ललितपुरका ती व्यक्तिको स्वाब एक महिना अगाडि संकलन गरिएको थियाे । ‘नेपालमा नयाँ प्रजातिको भाइरस फैलिएको आशंकामा तीन हप्ताअघि ‘जिन सिक्वेन्सिङ’ को लागि नमुना बाहिर पठाएका थियौँ,’ उनले भने, ‘ललितपुरका डबल म्युटेन्ट भेरिएन्ट पुष्टि भएकाति व्यक्ति सम्पर्कमा छैनन्, हकङकबाट रिपोर्ट आउन ढिला भयो, अब हामी भोलिदेखि ति र उनको सम्पर्कमा आउनेका यात्रा इतिहास पत्ता लगाउँछौं ।’
हङकङमा एस जिन नेगेटिभ भएका १० र ५ वटा पीसीआर पोजेटिभ भएका नमुना जिन सिक्वेन्सिङका लागि हङकङ पठाइएको थियो ।
डा. पौडेलकाअनुसार काठमाडौंका ४, भक्तपुरका २, कास्कीका २, नुवाकोटका १ जनामा ‘युके भेरियन्ट’ पुष्टि भएको छ । संक्रमण पुष्टि हुने अधिकांश २१ देखि ५९ वर्ष उमेर समूहका रहेको उनले बताए । नमुना लिएकोमध्ये एकजना दार्चुलाका एक व्यक्तिको भने नयाँ भेरिएन्ट पुष्टि नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?