बङ्लादेशमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु
ढाका । कोरोना भाइरसको महामारी फैलिइरहेको बङ्लादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार कोरोनाका कारण बङ्लादेशमा एकैदिनमा ९६ जनाको मृत्यु भएको हो । योसँगै बङ्लादेशमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या नौ हजार ९८७ पुगेको अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
बङ्लादेशमा एकैदिनमा सवैभन्दा धेरै सङ्क्रमित भने यही अप्रिल ७ मा भएका थिए । त्यो दिन सात हजार ६२६ जना सङ्क्रमित भएका थिए । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
बङ्लादेशमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको कुल सङ्ख्या सात लाख तीन हजार १७० पुगेको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा बङ्लादेशमा २४ हजार ८२५ जनाको कोरोना परीक्षण गरिएको छ ।
कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या पाँच लाख ९१ हजार २९९ पुगेको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने