केन्द्रीय संस्करण

अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

person explore access_timeबैशाख १, २०७८ chat_bubble_outline0

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्पेनमा भएको लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी भई आज स्वदेश फर्किएका छन् । 

उनी स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा भएको शान्ति सम्मेलनका लागि गत चैत २३ गते १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए ।

उनले सम्मेलन गौतम बुद्ध जन्मभूमि नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने उद्देश्यले भएकाले निकै उपलब्धिमूलक भएको जानकारी दिए। शान्ति सम्मेलन लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेन, एक्सत्रेमदुरा प्रान्त र सोही प्रान्तको काथेरेस नगरपालिकाको संयुक्त आयोजनामा भएको थियो । 

सम्मेलनका क्रममा अध्यक्ष तिमिल्सिनले विभिन्न उच्चस्तरीय भेटघाटसमेत गरेको उनका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.