केन्द्रीय संस्करण
समाचार

पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

person explore access_timeबैशाख १, २०७८ chat_bubble_outline0

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा २५४ मा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

४५१ जनाको एन्टीजेन परीक्षण गर्दा २३ जना र पीसीआर विधिबाट ५८० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये उपत्यकामा ८० जना आइसीयुमा रहेका छन् २५ जना भेन्टिलेटरमा रहेका छन् ।  हालसम्म कोरोना संक्रमण मुक्त हुनेका दर ९७.५ प्रतिशत पुगेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.