जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना, दुई जनाको मृत्यु
बुधबार, ०१ वैशाख २०७८, १२ : २५
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना भएको रातोपाटीलाई जानकारी दिए ।
उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारी लगायत सवार रहेको बताइएको छ ।
प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दुर्घटनामा दुईजना पुरुषको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।
दुर्घटना स्थलमा प्रहरीको टोली पुगेर उद्धार कार्यमा खटिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई