शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोल्टीको र्‍याम्पमा मोडलको ग्ल्यामर, तस्बिरमा हेर्नुहोस्

बुधबार, ०१ वैशाख २०७८, ११ : ४५
बुधबार, ०१ वैशाख २०७८

काठमाडौँ । परिमार्जन र परिवर्तन नै फेसनको महत्त्वपूर्ण तथा आकर्षक पक्ष मानिन्छ । यही कुरा आत्मसाथ गर्दै  नमूना कलेज अफ फेसन टेक्नोलजिले ‘ग्राजुएसन फेसन शो’ सम्पन्न गरेको छ ।
४ वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेजमेन्टको अन्तिम परीक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको पाइयो । 
हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मंचमा उत्रिदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको अनुभव हुन्थ्यो ।

‘अस्तित्व’ शीर्षक रहेको र कलेज अफ फेसन टेक्नोलजीका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसँंगै सुरु भएको कार्यक्रममा ७९ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरन मोडलले र्‍याम्पमा प्रस्तुत गरेका थिए । ती पहिरनका परिकल्पनाकार एवं सृजनाकर्ता पनि ७९ जना नै थिए । उनीहरु नमूना कलेजमा फेसन डिजाइनिङमा स्नातक गर्दै गरेका १५ औं ब्याचका विद्यार्थी डिजाइनहरु थिए । 

हरेक पहिरन नारीको साहस, आत्मविश्वास, क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्यता, धैर्यता, निर्भिकता, निडरता, विनम्रता लगायतका नारी जीवन र व्यक्तित्वका बहुआयामिक गौरवशाली पक्षहरुको कुनै एक वा एक भन्दा पक्षमा आधारित थिए । उक्त फेसन कार्यक्रममा प्रदर्शित पहिरनहरू मार्फत् एकै पटक एउटै मंचमा नारीको बोल्ड एण्ड ब्युटीफुल देखि सेक्सी एण्ड ग्ल्यामरस छवि हुँदै शालीन, गम्भीर, दृढ निश्चयी, ममतामयी, शक्ति स्वरुपा छविलाई अवलोकन गर्न पाइएको थियो । 

सोमबार साँझ होटल सोल्टी क्राउन प्लाजाको मेघा मल्हार हलमा कोरियोग्राफर रोजिन शाक्यको निर्देशनमा संचालन गरिएको उक्त फेसन शोमा ७९ डिजाइनका पहिरन ८ सिक्वेन्स मार्फत् प्रदर्शन गरिएका थिए । जसलाई २० जना युवती मोडलले मनमोहन ढंगबाट प्रस्तुत गरेका थिए । जसमा आधा व्यवसायिक र आधा कलेजमै विभिन्न सेमेष्टरमा अध्ययरनत विद्यार्थी डिजाइनरहरु थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप