मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा जुवा खालबाट ७ जना पक्राउ

बुधबार, ०१ वैशाख २०७८, ११ : ३६
बुधबार, ०१ वैशाख २०७८


बुटवल । रुपन्देहीको सालझण्डीमा जुवा खेल्दै गरेको अवस्था ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सैनामैना नगरपालिका  वडा नम्बर १० स्थित गाहा होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं १० बस्ने वर्ष ३५ का विजय कुमार सारु, वर्ष ४५ का वीर बहादुर बस्नेत, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउ पालिका वडा नं ८ बस्ने वर्ष ५२ का रेम बहादुर राना, सोही ठाउँमा वर्ष ३८ का ओम बहादुर बलाल, वर्ष ३७ का देवेन्द्र पुन, वर्ष ४० का कुल बहादुर घर्ती  रहेका छन् ।

 यस्तै सैनामैना नगरपालिका वडा नं १० बस्ने वर्ष ५६ का चाम बहादुर गाहा पनि पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १६ हजार २ सय ५० रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्य नारायण थापाले बताए। उनीहरुलाई जुवा ऐन अुनसार कानुनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप