ad
केन्द्रीय संस्करण
पत्रपत्रिका

माओवादीलाई संसद्कै चिन्ता

person explore access_timeबैशाख १, २०७८ chat_bubble_outline0

सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले चुनौती नै दिए पनि नयाँ सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी तयार नहुँदा माओवादीले भने समर्थन फिर्ता लिन सकेको छैन । 

माओवादी केन्द्रले समर्थन फिर्ता लिने घोषणा गरे पनि औपचारिकरूपमा फिर्ता लिन सकेको छैन । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । संसद्मा ठूलो दलको हैसियतमा रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार नै वैकल्पिक सरकार गठन हुन नसक्ने अवस्थामा पुनः संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले निर्वाचनको घोषणा गर्न सक्ने त्रास माओवादी केन्द्रलाई रहेको छ । 

माओवादी केन्द्रका नेता हरिबोल गजुरेल नयाँ सरकार गठन गर्नका लागि अविश्वासको प्रस्ताव संसद्मा जाने वातावरण नभएसम्म समर्थन फिर्ता लिएर मात्र अर्थ नहुने बताउँछन् । उनले भने, ‘हामीले यो सरकारको विकल्प खोजिरहेका छाैं, कांग्रेस तयार भए पनि जसपा अझै तयार भइसकेको छैन, यो सरकारलाई हटाउन अवस्था भएपछि मात्र समर्थन फिर्ता लिन्छौँ ।’

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ। 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.