शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्पताल परिसरमा प्लाष्टिक ब्याग प्रयोग गर्न रोक लगाउने नर्भिकको घोषणा

मङ्गलबार, ३१ चैत २०७७, २३ : ०७
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने देशकै पहिलो अस्पताल बनेको छ । अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताल क्षेत्रमा प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेकी हुन् । 

देशका कुनै पनि अस्पतालले आफ्नो परिसरमा प्लाष्टिक ब्याग प्रयोगमा प्रतिबन्ध घोषणा गरेका थिएनन् । वातावरण जोगाउने उद्देश्यले प्लाष्टिक ब्याग प्रयोगमा रोक लगाउने नर्भिक देशकै पहिलो अस्पताल समेत बनेको प्रबन्ध निर्देशक चौधरीले बताएकी छिन् । 

यो घोषणासँगै अब अस्पताल जाने बिरामी, तिनका आफन्त तथा अन्य भिजिटरहरुले प्लाष्टिक र प्लाष्टिकजन्य ब्याग प्रयोग गर्न पाउने छैनन् । प्लाष्टिक ब्याग बोकेर अस्पताल प्रवेश समेत गर्न पाइनेछैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप