बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हावाहुरीले रुख ढल्दा च्यापिएर एकजना गम्भीर घाइते

मङ्गलबार, ३१ चैत २०७७, २२ : ४८
मङ्गलबार, ३१ चैत २०७७

पोखरा । पोखरामा मध्यान्ह वर्षासहित चलेको हावाहुरीले रुख ढल्दा एक जना घाइते भएका छन् । मंगलबार साँझ ४ बजेपछि चलेको हावाहुरीले फूलबारीस्थित आर्मी ब्यारेकको गेट नजिकको रुख ढल्दा च्यापिएर धनबहादुर लामा घाइते भएका हुन् । 

घाइते भएका पोखरा १२ चापापानीका ५१ वर्षीय लामाको रानीपौवास्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।  उनको टाउको र छातीमा गम्भीर चोट लागेपनि खतरामुक्त रहेको डिएसपी हमालले बताए । रुख ढल्दा त्यस ठाउँमा आधा दर्जन सवारी साधनमा क्षति पुगेको छ । रुख ढलेपछि लामो समय महेन्द्र पुल रानीपौवा सडक अवरुद्ध भएको थियो । 

नेपाली सेना र नेपाल प्रहरीले ढलेको रुख पन्छाएर सडक सुचारु गरेको थियो । हावाहुरी र चट्याङका कारण पोखरामा करिब ५ घण्टा विद्युत सेवा अवरुद्ध बनेको थियो । साँझ ४ बजेदेखि अवरुद्ध विद्युत सेवा राती साढे आठ बजे मात्र आएको थियो । लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुँदा कास्की प्रहरीका सञ्चार सेवा पनि अवरुद्ध भएको प्रवक्ता हमालले जानकारी दिए । राती ८ बजेपछि भने सञ्चार सेवा सुचारु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप