आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
मङ्गलबार, ३१ चैत २०७७, २० : २६
सरकारले आयुर्वेद चिकित्सा परिषद्, नेपालमा अध्यक्ष र रजिष्ट्रार नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा सन्तोष ठाकुरलाई परिषद्को अध्यक्ष र डा निर्मल भुसाललाई रजिस्ट्रारमा नियुक्त गरेको हो।
दुवै जनाले मंगलबार नियुक्ति पत्रसमेत बुझिसकेका छन्। उनीहरुले बिहीबार पदबहाली गर्ने तय भएको छ।