शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बर्दियामा हत्या गरेर भारतमा घरजम, १८ वर्षपछि पक्राउ

मङ्गलबार, ३१ चैत २०७७, १९ : ०१
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–३ का जितबहादुर गोदारको हत्या भयो । ०६० कात्तिकमा दश जना मिलेर बन्चरोले हिर्काएर उनको हत्या गरेका थिए । हत्यामा संलग्नलाई ०६८ जेठमा बर्दिया जिल्ला अदालतले २० वर्ष कैद सजाय हुने फैसला सुनायो ।

घटनालगत्तै पक्राउ गरिएकाहरु जेल परे । तर, मुख्य अभियुक्त चाहिँ भारतमा घरजम गरेर बसिरहेका थिए ।  बढैयाताल गाउँपालिका–३ का मुख्य कसूरदार कृपाराम खटिकलाई १८ वर्षपछि जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले पक्राउ गरेको छ । खटिकलाई नेपाल–भारत सिमानाबाट पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए । कृपाराम मुख्य अभियुक्त हुन् । अदालतले उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला अदालतको आदेशले बर्दिया कारागारमा थुनामा पठाइएको छ । 

हत्यापछि शुरुको ९ वर्ष भारतको रपैडिया र नानपारामा मजदुरी गरेर बसेका ५८ वर्षीय खटिक पछिल्लो समय मोहनपुरमा बस्न थालेका थिए । उनले मोहनपुरमा घर बनाएर परिवारसहित त्यहाँ बसिरहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

‘कृपाराम मोहनपुरमा भैंसी पालन गरेर स्थायी रुपमा बस्दै आएको अनुसन्धानबाट थाहा भएको छ’ एसपी कार्कीले भने–‘त्यहाँ उनले धान कुट्ने मिल पनि चलाएका थिए ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप