ad
केन्द्रीय संस्करण

क्षुद्रग्रहको मूल्य डलरमा: एकको पछाडी उन्नाइस शून्य

person explore access_timeचैत ३१, २०७७ chat_bubble_outline0

अमेरिकी स्पेश एजेन्सी नासाले एउटा यस्तो स्पेसक्राफ्ट तयार गर्दैछ जुन 16 Psyche Asteroid  मा जानेछ । यो  क्षुद्रग्रह कुनै समय ग्रह रहेको कुनै वस्तुको कोर मानिन्छ ।

यो क्राफ्ट मेक्सर टेक्नोलोजीले (Maxar Technologies ) बनाएको हो । साथै, क्यालिफोर्नियाको जेट प्रोपल्सन ल्याबमा यसमाथि  काम भइरहेको छ ।

आगामी वर्ष अगस्टमा फ्लोरिडाको केप कनेवरलबाट स्पेसएक्सको फाल्कन  रकेटको मद्दतले यसलाई प्रक्षेपित गरिने छ  । यो क्राफ्ट सौर्य उर्जाले चल्नेछ भने मंगल तथा बृहस्पति ग्रहको बीच क्षुद्रग्रह बेल्टमा रहेको  16 Psyche क्षुद्रग्रहमा  सन् २०२६ मा पुग्नेछ ।​

फोर्ब्स म्याग्जिनको दावी अनुसार यस  क्षुद्रग्रहमा यति धातु छन् जुन संसारको  अर्थतन्त्र भन्दा कैयौं गुणा बढी अर्थात् १०,००० क्वाड्रिलियन डलर अर्थात् एकको पछाडि उन्नाइसवटा शून्य बराबरी  हुन्छ ।

यस स्पेश क्राफ्टले २१ महिना सम्म क्षुद्रग्रहको म्यापिङ गर्नेछ र यसको विशेषताको बारेमा अध्ययन गर्नेछ । पृथ्वीबाट ३७ करोड किमी टाढा रहेको यो क्षुद्रग्रह  २२६ किमी चौडा छ ।

यसको आकार मात्र विशाल नभइकन यो धातुहरुले बनेको अहिलेसम्म खोज गरिएको सर्वाधिक क्षुद्रग्रह मानिएको छ ।

यसको खोज सबैभन्दा पहिले सन् १८५२ मा गरिएको थियो । हबल टेलिस्कोपलाई प्राप्त तथ्याङ्कका आधारमा यो क्षुद्रग्रह धातुहरुले बनेको छ जबकि अरु धेरै क्षुद्रग्रहमा चट्टान तथा  बरफ हुने गर्छन् । यसमा फलाम तथा निकेल धातु भएको अनुमान गरिएको छ । यसकै आधारमा यसको मूल्य १० हजार क्वाड्रिलियन डलर अनुमान गरिएको हो ।

यो क्षुद्रग्रह  16 Psyche  कसरी बन्यो  भन्ने बारेमा एउटा थ्योरी यो छ कि यो कुनै अविकसित ग्रहको कोर हो । यसको अध्ययनबाट  खगोलविद्ले  पृथ्वी तथा अन्य ग्रह बन्ने प्रक्रियाको बारेमा जानकारी हुने अनुमान पनि गरेका छन् ।

जेट प्रोपल्सन ल्याबमा सोलर इलेक्ट्रिक प्रोपल्सनको च्यासिस तयार गरिएको हो, यो  भ्यानको आकारको छ । यो क्राफ्टको आकारको ८० प्रतिशत हिस्सा हो ।

आगामी एक वर्ष भित्र यसलाई जोडिनेछ भने फ्लोरिडा पठाउनु अघि यसको परिक्षणसमेत गरिनेछ । नासाको यो अभियान डिस्कभरी कार्यक्रमको एउटा हिस्सा हो । यो कार्यक्रम अन्तर्गत कम मूल्यमा रोबोटिक स्पेश मिशन तयार गरिँदैछ ।​

क्राफ्टमा 16 Psyche को चुम्बकीय क्षेत्र नाप्नका लागि म्याग्नेटोमीटर, सतहको तस्बिर खिच्नका लागि मल्टिस्पेक्ट्रल इमेजर, सतह कुन चिजले बनेको छ त्यो हेर्नका लागि त्यसबाट निस्कने गामा रे तथा न्युट्रोनको विश्लेषण गर्नका लागि स्पेक्ट्रोमिटर तथा हाइ डाटा रेट ट्रान्सफर लेजर सम्पर्कका लागि एक्सपेरिमेन्टल  उपकरण राखिएका  छन्  ।

यसको मूल्यलाई लिएर यसलाई पृथ्वीमा ल्याउनु पर्छ भन्ने कुरा चलिरहेको थियो, तर यसो गरिएको खण्डमा संसारको अर्थव्यवस्था नै ध्वस्त हुने देखिएको छ ।

वैज्ञानिकका अनुसार   क्षुद्रग्रहको धातु पृथ्वीमा ल्याएको खण्डमा यहाँका मूल्यवान धातुको मूल्य घट्नेछ भने खनिज उत्खनन्, बिक्री गर्ने सम्पूर्ण कम्पनीको मूल्य घट्छ । यसले पूरा अर्थव्यवस्था बिग्रने भय रहन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.