बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक बैशाख २ गते बस्ने

मङ्गलबार, ३१ चैत २०७७, २० : ३०
मङ्गलबार, ३१ चैत २०७७

मकवानपुर । बागमती प्रदेशसभा बैठक आगामी वर्ष २०७८ वैशाख २ गते बस्ने भएको छ । बागमती प्रदेशसभा सचिवालय सचिव कृष्णहरि खड्काले वैशाख २ गते १ बजेका लागि बैठक आह्वान गरीएको जानकारी दिए ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निर्देशन अनुसार बैठक आह्वान गरीएको सचिव खड्काले बताए । २ गते बस्ने प्रदेशसभा बैठकमा यसअघि कार्यव्यवस्था परामर्श समितिले तयार गरेको एजेण्डा प्रस्तुत गरिने उनले बताए ।

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको अवरोधका कारण यसअघिका प्रदेशसभा बैठकहरू अवरुद्ध हुँदै आएको थियो ।
यसअघि गत चैत २४ गतेदेखि २६ गतेसम्म तिन दिन संचालन भएको प्रदेशसभाको सातौं अधिवेशन बैठक प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो ।

चैत २६ गतेको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै प्रतिपक्ष दल नेपाली कांग्रेसका इन्द्र बहादुर बानियाँ, नेमकिपाका सुरेन्द्र गोरसाई, साझ विवेकशील दलका रमेश पौड्याल र राप्रपाकी रिता माझीले प्रदेश सरकार जनताको स्वाथ्य उपचारमा गम्भिर नभएको र मापदण्ड बिना नै विद्युतीय बस खरिद प्रकृया अगाडी बढाएर भ्रष्टाचारलाई प्रत्साहन गर्न तर्फ लागेको भन्दै प्रकृयाको खारेजीको माग गरेका थिए ।

उनीहरुको सम्बोधन सकिए लगतै मुख्यमन्त्री डोरमणि पौडेलले राष्ट्रिय सरोकारका विषयमा जवाफ माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको थियो ।
नेकपा र नेकपा एमालेको विवादका कारण लामो समयदेखि रोकिएको प्रदेशसभा बैठक पुनः अवरुद्ध बनेको थियो ।

बैठक संचालन हुन नसक्दा प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन विधेयक २०७७ रोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप