पेलेको पेनाल्टी रोक्न खोज्दा भाँचिएको थियो औंला
एजेन्सी । हलिउड सुपरस्टार सुल्भेस्टर स्टलोनले पेलेको पेनाल्टी रोक्न खोज्दा आफ्नो औँला भाँचिएको खुलासा गरेका छन् । सन् १९८१ मा ‘इस्केप अफ भिक्ट्री’ फिल्मको सुटिङमा यस्तो भएको स्टलोनले बताए । मित्रराष्ट्रका बन्दीहरुको समूहले नाजी टोलीसँग फुटबल खेलेको विषय यस फिल्मले समेटेको छ । फिल्ममा पेले र स्टलोन दुबैको अभिनय छ ।
आफ्नो नयाँ फिल्म ग्रज म्याचको प्रमोशन गर्ने क्रममा स्टलोनले यस्तो खुलासा गरेका छन् । ‘उनले मलाई म पेनाल्टी हान्छु भने । मलाई लाग्यो, फुटबल के गाह्रो कुरा भयो र’ स्टलोनले भने, ‘त्यसपछि उनले एउटा पेनाल्टी हाने अनि अर्को सट कता हान्दैछु भनेर पनि जानकारी दिए । त्यसैले म भनेकै ठाउँमा उभिए, तर मैले हलचल गर्नु अगावै बल म माथिबाट उडेर गयो । उनले जहाँ भनेका थिए, त्यही बल हाने । त्यस्तो फेरि गरे । र, त्यो बल नेट च्यातेर बाहिर गयो र हामीले सुटिङ गरिरहेको ब्यारेकको झ्यालको सिसा फुट्यो । मैले ‘मलाई जिस्काएको ? भनेर सोधेँ । नयाँ खाले सम्मान पाइरहेको थिएँ ।’
८० वर्षका पेले अहिले सार्वजनिक कार्यक्रममा निकै कम देखिन्छन् । तर, ३ पटक ब्राजिललाई विश्वकप जिताएका पेलेलाई अहिले पनि फ्यानहरूले बिर्सेका छैनन् । उनी फुटबलकै सबैभन्दा ठूला प्रतिभा मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु