बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘द मंगोलियन शो’ मार्फत राजु लामाले दर्शक नचाउने

मङ्गलबार, ३१ चैत २०७७, १४ : ०६
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौँ । चर्चित साङ्तिक समूह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ वर्षको २०७८ को अवसर पारेर बैशाख १ गते बुधबार ठमेलको छाँया सेन्टरमा रहेको प्ले ब्वाई लन्च एण्ड क्लबमा आयोजना हुन लागेको ‘द मंगोलियन शो’ कार्यक्रममा उनले गीतसंगीतबाट सबैलाई नचाउने भएका हुन् ।

कार्यक्रममा राजुले ‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’ लगायत नयाँ तथा पुराना थुपै्र गीतहरु राख्नेछन् । कार्यक्रममा लामाले दर्शकको फर्माइसमा समेत गीत गाउने बताइएको छ ।

नेपाली चलचित्र र गीत संगीत क्षेत्रका थुप्रै कलाकारको समेत सहभागिता रहने कार्यक्रम नयाँ वर्षमा दर्शकलाई मनोरन्जन दिने उदेश्यले आयोजा गर्न लागेको लन्चका संचालक अमित पौडेलले बताए । हस्पिटालिटी, पार्किङलगायत विभिन्न सुविधा समेत रहेको लन्चमा पौडेलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप