धेरै पसिना आउनु हृदयघातको संकेत
खानपान, जीवनशैली र बानीव्यवहारका कारण मुटुसँग जोडिएका विभिन्न प्रकारका रोगहरुको खतरा बढाउँछ । हृदयघात पनि तिनै रोगहरुमध्ये एक रोग हो । रगत जमेर रक्तनली बन्द हुँदा मुटुसम्म रगत पुग्न नसक्दा हृदयघात हुन्छ । हृदयघातमा छातीमा पीडा महसुस हुनुका साथै शरीरमा देखिने थुप्रै लक्षणहरुले हृदयघातको संकेत गर्छ ।
व्यायाम गरेपछि, गर्मीमा पसिना आउनु सामान्य नै हो । तर, अचानक कुनै पनि कारणबिना पसिना आउनुलाई स्वास्थ्यमा गडबढी भएको संकेत हुन सक्ने चिकित्सकहरु बताउँछन् । कहिलेकाँही छाती दुख्ने, हातमा पसिना आउने र माशंपेशीहरु दुख्नु हृदयघातको खतरा हुनसक्छ ।
कुनै पनि व्यायाम वा काम नगरी अत्यधिक पसिना आउनु हृदयघातको संकेत हुनसक्छ । मुटुमा रगत पुर्याउने रक्तनलीहरुमा कोलेस्टोल जम्मा हुन जान्छ जसको कारण यस्ता नलीहरु बन्द हुन पुग्छन् । जसले गर्दा रगत प्रवाह हुन मुश्किल हुन्छ । जसको कारण रगत प्रवाह कम हुँदा मुटुमा दबाब पर्न जान्छ र शरीरको तापमान बढ्न सक्ने भएकाले पसिना पनि आउँछ ।
हात, काँध, च्यापु, दाँत र टाउकोमा दुखाई हुनु हृदयघातको लक्षण हुनसक्छ । यस्ता संकेत देखिए समयमा नै उपचार गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की