शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमणरहित उडानका लागि बुद्ध एयरको सुरक्षा निर्देशिका

मङ्गलबार, ३१ चैत २०७७, १२ : ५४
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौं । कोभिड–१९ को संक्रमण बढेसँगै बुद्ध एयरले उच्च सतर्कता अपनाएको छ । पछिल्लो समय संक्रमण दर बढ्न थालेसँगै बुद्धले आफ्ना हरेक उडानलाई संक्रमणरहित बनाउन सुरक्षा मापदण्डलाई कडाइका साथ लागु गराएको हो ।

एयरलाइन्सले सुरक्षित उपायहरु मास्क, फेस सिल्डको प्रयोगलाई अनिवार्य बनाएको छ, साथै विमानलाई स्यानिटाइज गर्नेदेखि यात्रीहरूको सामाजिक दुरीमा पनि विशेष ध्यान दिएको जनाएको छ ।

अति आवश्यक सेवा अन्तर्गत पर्ने आन्तरिक वायुसेवालाई बुद्धले महामारी कै बीचमा पनि उच्च सतर्कता अपनाएर संचालन गर्दै आएको थियो ।  बुद्धले सुरुदेखि नै कोभिड विरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाई यसका सम्पूर्ण कर्मचारीहरुलाई सुरक्षा तालिम, जनजागरण तथा पीपीई प्रदान गरेको थियो, जुन अहिले पनि जारी नै छ । 

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार संक्रमणरहित हवाई यात्राका लागि बुद्ध प्रतिवद्ध रहेको र यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्यान्ड सेनिटाइजरको प्रयोग अनिवार्य बनाइएको छ । जोशी भन्छन्, ‘हामीले हरेक उडानको यात्रु डाटावेश कम्प्युटराइज गरेका छौं, सरोकारवाला निकायले मागेको खण्डमा हामी तुरुन्तै दिन सक्छौं । यसले करोना रोकथाममा सहयोग गर्नेछ ।’

बुद्ध एयरका लगभग सबै कर्मचारीहरुले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेको एयरलाइन्सले जनाएको छ। अब दोस्रो डोज वैशाख १० भित्र लिइसक्ने पनि बुद्धले जनाएको छ । 
बुद्धले एक विज्ञप्ती नै जारी गरेर पछिल्लो समय कोरोनाभाइरस संक्रमण बढेपनि एयरलाइन्सले पूर्ण सुरक्षित यात्रा गराएको र यात्रुहरूको सुरक्षाका लागि एयरलाइन्स सदैव तत्पर रहेको जनाएको छ ।

हवाई उडान पुनः सुचारु भएपछि अर्थतन्त्र पनि चलायमान बन्दै गएको छ । पर्यटकीय स्थलमा चहलपहल बढेको छ । अहिले पुनः ठूलो जनशक्तिले रोजगार पाइरहेका छन् । तसर्थ उडान सहज सरल र संक्रमणरहित बनाउन यात्रुहरूको पनि उत्तिकै भूमिका रहने भएकाले बुद्धले सम्पूर्ण यात्रीहरूलाई सुरक्षा निर्देशिका पालना गर्न अनुरोध समेत गरेको छ ।

कोरोनाको लडाई लामो भएकाले यसका लागि दीर्घकालिन रणनीति बनाउनुपर्ने एयरलाइन्सले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप