फोर्ब्स सूची : रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना बन्यो विश्वकै धनी क्लब
मङ्गलबार, ३१ चैत २०७७, १२ : १८
फोर्ब्स पत्रिकाको धनी फुटबल क्लबको सूचीमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । पछिल्लोपटक दुई वर्षअघि जारी भएको सूचीमा रियल शीर्ष स्थानमा रहेको थियो । तर, ४ अर्ब ७६ करोड डलरसहित यसपटक बार्सिलोना शीर्ष स्थानमा पुगेको छ । २ वर्षमा बार्सिलोनाको मूल्यमा १८ प्रतिशतले बृद्धि भएको छ । ४ अर्ब ७५ करोड डलर मूल्यसहित रियल दोस्रो स्थानमा रहेको छ ।
शीर्ष १० स्थानमा ६ वटा इङ्ग्लिस क्लबहरू रहेका छन् । जसमा म्यान्चेस्टर युनाइटेड, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनह्याम रहेका छन् । त्यस्तै, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि शीर्ष १० मा अटाएका छन् । यी टोलीमध्ये पीएसजीको सर्वाधिक १२९ प्रतिशतले मूल्यमा बृद्धि भएको छ भने लिभरपुलको ८८ प्रतिशतले बृद्धि भएको छ ।
यस्तो छ शीर्ष १० को सूची
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमपालले नै दिलाए नेपाललाई तेस्रो सफलता
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने