बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘हेर्देउ न मायाले’ भन्दै रजनीको पछि लागे विल्सन

मङ्गलबार, ३१ चैत २०७७, १२ : ११
मङ्गलबार, ३१ चैत २०७७

काठमाडौँ । गायक तथा समाजसेवी नीमा तामाङको नयाँ गीत ‘हेर्देउन मायाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा भद्रकला आङबुहाङ राईको शब्द रहेको छ ।

बादल लिम्बुको संगीत रहेको गीतको भिडियोमा मा युवायुवतीबीचको प्रेम र आकर्षण देखाउन खोजिएको छ । भिडियोमा विल्सनविक्रम राई (तक्मे बुढा), रजनी गुरुङ ,  नीमा तामाङ, सुजन राई र विशाल लिम्बुलगायतको अभिनय देख्न सकिन्छ ।

पाँचथरमा छायाँकन गरिएको भिडियोमा मनोज कार्कीको  सम्पादन र विल्सन विक्रम राईको कोरियोग्राफी छ । भिडियो किरण राईको छायाँंकन र निर्देशन रहेको रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप