धेरै सुत्नु गर्भवती महिलाका लागि खतरनाक
गर्भाधानको दौरान थकान महसुस हुनु सामान्य नै मानिन्छ । तर, गर्भवती महिलाले धेरै समय निदाउनु स्वास्थ्यका लागि नोक्सानदायक हुन्छ । अमेरिकी अनुसन्धानकर्ताका अनुसार गर्भवती महिलाले हरेक दिन कुनै गडबढी ९ घण्टा सुत्नुपर्छ ।
चिकित्सकहरुले गर्भवती महिलाले पर्याप्त मात्रामा आराम गर्ने सल्लाह दिने गर्छन् । गर्भवती भएको अवस्थामा सही तरिकाले निन्द्रा पुर्याउन अत्यन्त आवश्यक छ ।
गर्भवती भएको अवस्थामा धेरै जसो महिलाहरु ७ देखि ९ घण्टासम्म सुत्ने गर्नुपर्छ । ९ घण्टाभन्दा बढी वा १० घण्टाभन्दा बढी सुत्ने बानीले शरीरलाई आराम दिलाउँछ ।
मस्तिष्कलाई उर्जावान् बनाउन, शरीरलाई नयाँ उर्जा दिन निन्द्रा आवश्यक छ । निन्द्रा नपुग्ने समस्याले स्वास्थ्यमा गम्भीर समस्या आउने गर्छ ।
गर्भवती भएको महिलालाई सुरुका पहिलो र तेस्रो महिनामा धेरै थकाई महसुस हुनु सामान्य हो । पहिलो तीन महिनामा रगत र प्रोजेस्टेरोनको मात्रा बढ्छ । जसले गर्दा निन्द्रा धेरै आउँछ । तेस्रो महिलासम्म बच्चाको तौल बढ्ने भएकाले धेरै निन्द्रा पनि लाग्छ । हर्मोनल र मनोवैज्ञानिक परिवर्तन पनि हुने भएकाले यो समयमा आराम त आवश्यक पर्छ ।
एक अनुसन्धानका अनुसार गर्भवती भएको तीन महिनासम्म अत्यधिक निन्द्रा लाग्छ । मिशिगन मेडिसीनको नयाँ अनुसन्धानका अनुसार हरेक राति ९ घण्टाभन्दा बढी सुत्ने बानीले गर्भपतन हुने सम्भावना रहन्छ । अनुसन्धानमा सहभागि महिलाहरुमा गरिएको अध्ययनमा ९ घण्टाबढी निदाउने महिलालाई गर्भपतनको खतरा धेरै थियो ।
बर्थ पत्रिकामा प्रकाशित एक अध्ययनले निरन्तर लामो समय निदाउने महिलाहरुको गर्भपतन हुने सम्भावना हुन्छ । गर्भवती महिलाका लागि ७ देखि ८ घण्टा सुत्न आवश्यक छ । १० घण्टाभन्दा बढी लगातार निदाउँदा गर्भपतन हुने सम्भावना हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा