अश्वेतमाथि महिला अधिकारीले चलाएको गोली नियतवश नभई गल्ती थियो : अमेरिकी प्रहरी प्रमुख
मिनेसोटाको ब्रुकलिन सेन्टर नामको अमेरिकाको एक शहरमा अश्वेत व्यक्तिमाथि चलेको प्रहरीको गोली नियतवश नभई गल्तीपूर्वक भएको प्रहरी प्रमुखले बताएका छन् ।
२० वर्षका डन्टे राइटमाथि ‘टेजर गन’ प्रयोग गर्न लागेका बेला गल्तीपूर्वक वास्तविक बन्दुक हातमा परेको प्रहरी प्रमुख टिम ग्याननले पत्रकारलाई भने ।
बन्दुक हान्ने प्रहरी अधिकारीको नाम किम पोटर बताइएको छ, उनले ब्रुकलिन सेन्टर प्रहरीमा २६ वर्ष काम गरेकी छिन् ।
राइटको मृत्युपश्चात् विरोध प्रदर्शन चर्किएको छ , साथै करफ्यूको पनि घोषणा भएको छ ।
सोमबार अबेर राती, प्रदर्शनकारी कर्फ्यूको अवज्ञा गर्दे दोस्रोपटक ब्रुकलिन सेन्टर प्रहरी हेडक्वार्टसमा भेला भए । प्रत्यक्षदर्शीका अनुसार प्रहरीले फ्याँकेको टियर ग्यास र बेहोस पारिदिने ग्रेनेडको जवाफमा प्रदर्शनकारीले आगोका गोला र बोतल फ्याँकेका थिए ।
डन्टे राइटलाई आइतबार ट्राफिक नियम मिचेको आरोपमा पक्राउ गरिएको थियो । उनी आफ्नो कारमा बस्न लागेका बेला संघर्ष भएको थियो ।
सोमबार बिहान आयोजित एक पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ग्याननले एउटा भिडियो सार्वजनिक गरे । उक्त भिडियो महिला प्रहरी अधिकारीले लगाएको बडी क्यामराको थियो ।
त्यसपछि ती महिला अधिकारीले ‘टेजर, टेजर, टेजर’ भनेको सुन्न सकिन्छ । टेजर गन कसैलाई विद्युतीय झट्का प्रदान गर्नका लागि दिइन्छ । त्यसपछि राइटलाई आफ्नो कार भित्र प्रवेश गरेको देख्न सकिन्छ । त्यस लगत्तै ती महिला अधिकारीले भन्छिन्, ‘मैले भर्खरै उनलाई गोली हाने ।’
गम्भीर रुपमा घाइते राइटको गाडी केही पर दुर्घटना भयो ।
‘मलाई के लाग्छ भने ती अधिकारीले टेजर हान्न खोज्दा गल्तीपूर्वक बुलेट लागेको हो,’ प्रमुख ग्याननले भने । ‘पीडा कम गर्नका लागि मैले योभन्दा बढी केही भन्न सक्दिनँ ।’
ती महिला अधिकारीलाई प्रशासनिक बिदामा राखिएको छ ।
उक्त पत्रकार सम्मेलनमा ब्रुकलिन सेन्टरका मेयर माइक एलियटले डन्टे राइटलाई न्याय दिनका लागि आफूले जे पनि गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
-
सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
-
मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
-
१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत