शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वैद्य माओवादीले दुई महिने अभियान चलाउने

मङ्गलबार, ३१ चैत २०७७, १० : १६
मङ्गलबार, ३१ चैत २०७७

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो पार्टीको चैत २८ र २९ गते बसेको पोलिटब्युरो बैठकले सङ्गठन र सङ्घर्षसम्बन्धी कामबारे वैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय लिइएको महासचिव वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैठकले संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरूद्वारा सङ्घर्षका कार्यक्रमहरु सञ्चालन गर्नका लागि आवश्यक पहल गर्ने,सबै प्रदेशहरूमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, एमसीसीको विरोध गर्नेलगायतका निर्णय पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप