ad
केन्द्रीय संस्करण

कर्मचारी, उत्प्रेरणा र सङ्गठन

person explore access_timeचैत ३१, २०७७ chat_bubble_outline0

साझा उद्देश्य प्राप्त गर्न निरन्तर लागिरहने दुई वा दुईभन्दा बढी व्यक्तिहरुको सचेत र समन्वयात्मक एकाइ नै सङ्गठन हो । सङ्गठन कुनै परिलक्षित उद्देश्य प्राप्तिका लागि कार्यविभाजन तथा कार्य निर्धारण गर्दै तिनीहरुलाई समन्वयात्मक ढङ्गले अघि बढ्छ ।

उद्देश्य, प्रक्रिया, व्यक्ति र स्थान सङ्गठनका लागि नभई नहुने आधार हुन् । मानवीय शक्तिले सङ्गठन सबल, सक्षम र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । मानवीय स्रोतले उद्देश्य, प्रक्रिया, स्थानलाई गतिशील बनाउन सहयोग पुर्याउँछ । भौतिक र आर्थिक स्रोतसाधनको उचित परिचालन गरी सङ्गठनलाई गतिशील बनाउने शक्ति नै मानवीय शक्ति हो । मानव शक्ति दोहोरो धार भएको हतियार हो । यसलाई सही तरिकाले चलाउन नजानेमा सङ्गठनलाई नै सिध्याइदिन्छ । यसलाई सही तरिकाले सही ठाउँमा उत्प्रेरित गरी सङ्गठनप्रति टिकाइराख्न सक्नु नै सङ्गठन सफल हुनु हो ।

 सङ्गठनको नेतृत्व तह नै सबै कर्मचारीहरुको अभिभावक सरह रहेको हुन्छ । अभिभावकले सबैलाई समान तरिकाले व्यवहार गर्नुपर्ने हुन्छ । यदि कुनै कर्मचारीप्रति समान तवरले ध्यान नदिई बेवास्ता गरेमा तथा हरेक अवसरहरुबाट वञ्चित गराएमा कर्मचारीले राम्रोसँग काम गर्न सक्दैन ।

सङ्गठनमा कर्मचारीलाई काम गर्न प्रेरित गर्नु जरुरी हुन्छ । उत्प्रेरणाले सङ्गठनमा कर्मचारीलाई काम गरौँ गरौँ भन्ने भावना सिर्जना गराउने काम गर्छ । निश्चित कार्य गर्नका लागि तयारी गराउँछ । क्रियाशील बनाउँछ । जहाँ कर्मचारी कामप्रति समर्पित, उद्देश्यप्रति प्रतिबद्ध, लक्ष्य उन्मुख हुन्छ । त्यहाँ सङ्गठनप्रति आफ्नो अपनत्व र जिम्मेवारी बोध हुन्छ । यही नै व्यक्तिको आन्तरिक अवस्था हो, साथै मानिसको सन्तुष्टिको साधन हो ।

कुनै काम गर्न उत्पन्न इच्छा वा जाँगर हुनु नै सङ्गठनका लागि लगानी पनि हो । काम गर्ने इच्छा, कार्यक्षमता र वातावरणबाट निर्देशित हुन्छ । स्रोत र साधनको समुचित परिचालन गर्दछ । कर्मचारीका समस्याहरुलाई समाधान पनि गर्दछ । सङ्गठनको उत्पादन तथा उत्पादकत्व बढाउँछ । व्यक्तिको ज्ञान र क्षमताको वृद्धि गर्दछ । सङ्गठनलाई समय सापेक्ष परिवर्तनशील बनाउँदै चुनौतीहरूको सामना गर्न पनि सिकाउँछ ।

 सङ्गठनको नेतृत्व तह नै सबै कर्मचारीहरुको अभिभावक सरह रहेको हुन्छ । अभिभावकले सबैलाई समान तरिकाले व्यवहार गर्नुपर्ने हुन्छ । यदि कुनै कर्मचारीप्रति समान तवरले ध्यान नदिई बेवास्ता गरेमा तथा हरेक अवसरहरुबाट वञ्चित गराएमा कर्मचारीले राम्रोसँग काम गर्न सक्दैन ।

परिणामस्वरूप प्रतिफल न्यून भई सङ्गठन असफल हुन्छ । आजको कर्मचारीतन्त्रमा राम्राभन्दा हाम्राले बढी महत्त्व पाएका छन् । कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति बढिरहेको छ । यसबाट निराशा, कुण्ठा सिर्जना हुन्छ । कामप्रति ध्यान जान सक्दैन । परिणामस्वरूप यसले नकारात्मक असर पार्दछ । परिणाम पनि नकारात्मक नै आउँछ ।

समान व्यवहार, अवसर, वैदेशिक मनोनयन, तालिम, सरुवा, बढुवा, कामको जिम्मेवारी जस्ता सकारात्मक उत्प्रेरणाले कर्मचारीलाई कामप्रति उत्साहित बनाउँछ । उसले सङ्गठनलाई सबल, सक्षम र सुदृढ बनाउँछ ।

 मानव व्यवहारअन्तर्गत समतासम्बन्धी सिद्धान्तअनुसार कर्मचारीलाई समान व्यवहार गर्नुपर्दछ । कतिपय सङ्गठनहरुमा नजिक, आफन्त भएकै कारण उचित कार्य मूल्याङ्कन नै नगरिकन हरेक अवसरहरू प्रदान गरिन्छ । सँगै समान तहका कर्मचारीले चाकरी, काम चोर र चाप्लुसी गरी सधैँ अवसर प्राप्त गर्दछ । अवसर पाउने कर्मचारी त उत्प्रेरित हुन्छ ।

मास्लोको आवश्यकताको सोपान सिद्धान्तमा शारीरिक आवश्यकता, सुरक्षा, सामाजिक सुरक्षा, आत्मसम्मान र आत्मसन्तुष्टि जस्ता आवश्यकता मानिसमा हुन्छन् । आवश्यकताहरु तहगत रूपमा पूर्ति हुन सक्छन् । सो पूरा भएमा मानिस कामप्रति स्वतः उत्प्रेरित हुन्छन् । कर्मचारीलाई कामप्रति उत्प्रेरित गराउने मात्र होइन उनीहरुमा असन्तुष्टि आउन नदिनु पनि हो ।

हजवर्गले कर्मचारीलाई कामप्रति उत्प्रेरित गराउनका लागि काम गर्ने कार्य वातावरणमा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन् । कार्यालयमा बस्ने कोठा, वरपरको स्वच्छ वातावरण, उसप्रति गरिने व्यवहारले पनि प्रभाव पार्छ ।

आधारभूत आवश्यकता पूरा हुन नसकेमा स्वतस्फूर्त रूपमा कार्यप्रति ध्यान दिन सक्दैन । सहकर्मी साथीभाइहरु बीच पनि सुमधुर कार्य वातावरणले पनि कर्मचारी उत्प्रेरित गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

 मानव व्यवहारअन्तर्गत समतासम्बन्धी सिद्धान्तअनुसार कर्मचारीलाई समान व्यवहार गर्नुपर्दछ । कतिपय सङ्गठनहरुमा नजिक, आफन्त भएकै कारण उचित कार्य मूल्याङ्कन नै नगरिकन हरेक अवसरहरू प्रदान गरिन्छ । सँगै समान तहका कर्मचारीले चाकरी, काम चोर र चाप्लुसी गरी सधैँ अवसर प्राप्त गर्दछ । अवसर पाउने कर्मचारी त उत्प्रेरित हुन्छ ।

वैदेशिक भ्रमण, अध्ययन, तालिम, सरुवा लगायतका थुप्रै अवसर पाउँछ । तर समान तहका कर्मचारीलाई अवसरबाट पटक पटक वञ्चित गरिँदा उसमा निराशा र कुण्ठा जन्मिन्छ । कामप्रति पनि ध्यान दिँदैन । आफू मरीमरी काम गर्दा पनि अवसर पाइँदैन । कुनै धन्यवाद र स्याबासी पनि मिल्दैन । ऊ निराश हुन्छ । उसभित्र रहेको क्षमता, ऊर्जाहरु खुम्चिन्छन् । परिणाममा असर पुर्याउँछ । फलस्वरूप उसले कार्यलाई परिणाममा बदल्न सक्दैन । यसको असर समग्र सङ्गठनमाथि पर्छ । फलस्वरूप सङ्गठनको निश्चित उपलब्धि हासिल हुन सक्दैन । यसरी सङ्गठनभित्र वितरण गरिने न्यायप्रणाली समान हुनुपर्दछ । यसले कर्मचारीहरुमा कार्यप्रति प्रेरित गर्दछ ।

कर्मचारीतन्त्रमा म्याक ग्रेगरको एक्स सिद्धान्तको आधारमा व्यवहार गरिन्छ । कर्मचारीको चाहाना रुचि के छ भन्ने अध्ययन विश्लेषण नै गरिँदैन । एक्स सिद्धान्तहरुसँग मेल खाने कर्मचारीहरु आफूले कार्य नगरेमा सजाय हुन्छ भन्ने डरले काम गरेजस्तो गर्ने गर्दछन् । वाई सिद्धान्त स्व–नियन्त्रित र उत्प्रेरित हुने तत्व कर्मचारी आफैले खोजी गर्नुपर्ने अवस्था छ ।

कर्मचारीहरुको आर्थिक सुविधाको अपर्याप्तताले जीवन धान्न कठिन छ । बढुवा पद्धतिमा विसङ्गति देखिएका छन् । असमान सुविधा वितरण छ । बढुवा प्रणाली पनि पारदर्शी छैन । रोजगारीको सम्मान हुन सकेको छैन । योग्यता एवं चाहना अनुसारको जिम्मेवारी नपाएको अवस्था छ । काम गर्ने अनुकूल वातावरणको अभाव छ ।

कार्यविवरणको अभावले कार्य सम्पादन प्रभावकारी हुँदैन । सेवा सुविधामा असमानता देखिन्छ । कार्यसम्पादन सूचकहरु छैन । वृत्ति विकास पूर्वानुमान योग्य छैन । निजामती सेवामा जनविश्वास घट्दैछ । प्रशासनिक नेतृत्व असक्षम छ । राजनीतिक अस्थिरता छ । सहभागितामूलक व्यवस्थापनको अभाव छ । क्षमताअनुसारको जिम्मेवारी, पर्याप्त सुविधा, समान व्यवहार, कामको वस्तुनिष्ठ मूल्याङ्कन, काम गर्ने वातावरण, राजनीतिक स्थिरताले कर्मचारीमा कामप्रतिको जोश, जाँगर, इच्छाशक्ति मर्दै गइरहेको छ । राजनीतिक हस्तक्षेपले राम्रोसँग काम गर्ने वातावरण हराउँदै गएको छ ।

कर्मचारीहरुमा कार्य सन्तुष्टी हासिल गर्न सङ्गठनको उत्पादकत्व वृद्धि गर्न समूह गतिशीलता र समूह कार्यमा प्रभावकारिता ल्याउन कर्मचारी प्रशासनलाई सक्षम र प्रभावकारी बनाउनुपर्दछ । सेवा प्रवाहमा प्रभावकारिता ल्याउन, जनशक्तिको क्षमताको अधिकतम उपयोग गरिनुपर्दछ ।

सङ्गठनकोे नेतृत्व, नेतृत्वको व्यवहार तथा कर्मचारी र नेतृत्वबीचको सम्बन्ध समधुर राख्नु जरुरी छ । कर्मचारी सेवाको सुरक्षा, वृत्ति विकासका अवसरहरु तथा कार्य वातावरण आकर्षक पारिश्रमिक हुनु जरुरी छ । मौद्रिक तथा गैरमौद्रिक प्रोत्साहनको व्यवस्थाले सङ्गठनको लक्ष्य र व्यक्तिगत लक्ष्यबीच एकरूपता ल्याउन मद्दत पुर्‍याउँछ ।

कर्मचारीको स्पष्ट कार्य विभाजन गरिनुपर्छ । प्रभावकारी अनुगमन र सुपरीवेक्षण हुनु जरुरी देखिन्छ । विभेद अन्त्य र भ्रष्टाचार नियन्त्रण गरिनुपर्दछ । अनुमान योग्य सरुवा प्रणाली, सेवाको सुरक्षा व्यक्तिसँग सम्बन्धित हुनुपर्छ । सकारात्मक कुरा र समान व्यवहारले कर्मचारी बढी उत्प्रेरित गराइनुपर्छ ।

उत्प्रेरणालाई सङ्गठन सञ्चालनका व्यवस्थापकीय औजारको रूपमा लिइनुपर्दछ । सङ्गठनमा उत्पादन तथा उत्पादकत्व बढाउन मद्दत पुर्याउने साधनको रूपमा हेरिनुपर्दछ । यो सङ्गठनको लक्ष्य हासिल गराउने स्रोत, सेवा, सुविधा सर्व सुलभ रूपमा वितरणमा सघाउने माध्यम बन्छ ।

कर्मचारी स्वर्फूतरूपमा कामप्रति ध्यानमग्न भई सङ्गठनलाई आधार प्रदान गर्दछ । सङ्गठन र कर्मचारीबीचको विश्वासको वातावरण सिर्जना गर्ने उत्प्रेरित र उत्साहित, कर्मचारी सङ्गठनको आवश्यकता हो । साथै कर्मचारीबीचमा समान व्यवहार गर्नुपर्दछ । कर्मचारी दोहोरो धारिलो हतियार हुन् तिनलाई सही स्थानमा सही तरिकाले परिचालन गरी सङ्गठनलाई समय सापेक्ष जीवन्त र गतिशील बनाई अगाडि बढाउनु समयका माग पनि हो ।

(लेखक मानव अधिकारकर्मी हुन्)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.