मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने २ जना प्रहरीको फन्दामा

सोमबार, ३० चैत २०७७, २१ : ०९
सोमबार, ३० चैत २०७७

नक्कली सुनको ढिक्का देखाई सक्कली सुन लुट्ने  कार्यमा संलग्न २ जनालाई प्रहरी तनहुँ प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो  व्यास नगरपालिका वडा नम्बर ३ ट्राफिक चोकमा म्याग्दे गाउँपालिका १ धरादी बस्ने सेतीमाया राना मगरलाई नक्कली सुनको ढिक्का देखाएर सक्कली सुन लुटपाट भएको थियो । 

रानालाई एकान्त स्थानमा लगी उनले कानमा लगाएको डेढ तोलाको बेरुवा रिङ १ जोर, घाटीमा लगाएको ७ लालको सुनको तिलहरी र साथमा रहेको नगद सहित एक लाख अन्ठाउन्न हजार एक सय पचास रुपैयाँ बरावरको ठगी तथा लुटपाट गरेको आरोपमा जिल्ला धादिङको गंगा जमुना गाउँपालिका वडा ४ घर भई हाल पोखरामा बस्ने शम्शेर सुनार र धादिङकै सेर्तुङ घर भइ पोखरामा बस्ने प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । 

 उनीहरुलाई थप अनुसन्धानको लागी तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई ठगी सम्बन्धी कसुर मुद्दा शिर्षकमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप