काँग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ मा बस्ने
सोमबार, ३० चैत २०७७, २० : ०१
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक वैशाख ५ गते बस्ने भएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार स्थगित भएको बैठक अब वैशाख ५ गते दिउँसो २ बजेका लागि बोलाइएको हो।
वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि सोमबार बस्ने केन्द्रीय समिति बैठक स्थगित भएको थियो।
काँग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची करणका लागि समय थप गर्न केन्द्रीय समिति बैठक बोलाएको थियो । बारम्बार ताकेता गर्दा पनि अझै सात जिल्लामा क्रियाशील सदस्यता सूचीकरण हुन सकेको छैन । अन्य जिल्लामा पनि महाधिवेशनको कार्यतालिकालाई मध्यनजर गरी काम हुनु नसकेको काँग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !