बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नोकियाका एक्स, जी र सी सिरिजका ६ नयाँ स्मार्टफोन नेपालमा

सोमबार, ३० चैत २०७७, १९ : ५१
सोमबार, ३० चैत २०७७

काठमाडौं । एचएमडी ग्लोबलले नोकिया एक्स, जी र सी सिरिजका मोबाइल फोनह? नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले ३ वटा सिरिजका ६ नयाँ नोकिया स्मार्टफोन भित्राएको हो ।

नोकिया एक्स सिरिजको ‘नोकिया एक्स २०’ र नोकिया एक्स १०, जी सिरिजमा जी २० र जी १०,  सी सिरिजमा सी १० र सी २० भित्र्याएको कम्पनीले जनाएको छ ।  

नोकियाका यी फोन स्मार्टफोनको बजारमा उत्कृष्ठ रहेको कम्पनीको दावी छ । यसैगरी, यी फोनमा अहिलेसम्मकै सबैभन्दा बढी टिकाउ ब्याट्री रहेको पनि कम्पनीले जनाएको छ । 

एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेशेले बितेको १२ महिना कम्पनीका लागि निकै चुनौतीपूर्ण रहेको बताएका छन् । उनले एचएमडी मोबाइलको लन्चको साथ मोबाइलका समग्र प्रदायकको लागि यो यात्राको माइलस्टोन भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप