शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइयो

सोमबार, ३० चैत २०७७, १९ : ०८
सोमबार, ३० चैत २०७७

काठमाडौं । आज अप्रिल १२ अर्थात अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइएको छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आइएको छ ।

सन २०११ को अप्रिल ७ को संयुक्त राष्ट्रसंघको महासभाको ६५ औं संस्करणले प्रत्येक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रुपमा मनाउने निर्णय सदर गरेसँगै विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि रसियन सेन्टर अफ साइन्स एण्ड कल्चरको आयोजनामा सोमबार यो दिवस मनाइएको छ । कार्यक्रममा सहभागीहरुले आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुङ्गालाई उजागर गर्ने बताए । युरी गागरिन अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउने पहिलो महिला समेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप