शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केपी ओलीको प्रशंसा गर्दै नक्कली चन्दाको धन्दा !

सोमबार, ३० चैत २०७७, १८ : ३५
सोमबार, ३० चैत २०७७

काठमाडौं । आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षधर बताउँदै एमालेकै  कार्यकर्ताले नक्कली चन्दा संकलन अभियान चलाएको खुलासा भएको छ ।  काठमाडौंका एमाले नेता हरि अधिकारीको नाममा पत्र लेखेर चन्दा माग गरिएको हो । रातोपाटीले फेला पारेको पत्रमा एमाले नेता हरि अधिकारीको नाम, हस्ताक्षर र पार्टीको लेटरप्याड प्रयोग गरिएको छ ।

चन्दा माग गरिएको पत्रमा संस्थापन पक्षको नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशन चैत २७ र २८ गते गर्नुपर्ने भएकाले ‘सकेको आर्थिक सहयोग गर्न’ भनिएको छ । पत्रको शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्दै माधव नेपाल पक्षको चर्को विरोध गरिएको छ ।

पत्रको अन्त्यमा भनिएको छ,‘...कार्यकर्ता भेला गर्नुपर्ने भएकाले सकेको आर्थिक सहयोगको अपेक्षा गर्दै व्यक्ति, संघ–संस्था र कल–कारखानालाई पत्र लेखेका छौं । सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।’

हाम्रो अधिवेशन छैन, पत्र नक्कली हो

यसैबीच एमाले नेता अधिकारीले आफ्नो नाममा लेखिएको पत्र नक्कली भएको बताए । अधिकारीले रातोपाटीसँग भने, ‘अहिले हाम्रो कुनै अधिवेशनको कार्यक्रम छैन । त्यो पत्र नक्कली हो, त्यसको भ्रममा कोही पनि नपर्नुहोला ।’

पत्र लेख्ने मान्छे एमालेकै कार्यकर्ता रहेको पत्ता लागिसकेको र आइन्दा यस्तो कार्य नगर्न चेतावनी दिइसकेको अधिकारीले रातोपाटीलाई बताए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप